२०८२ चैत १७ मङ्गलवार , ०४:०७:११ बजे

Sajhamanch
'

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

मङ्गलवार, चैत १७, २०८२

जुम्ला । तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मङ्गलवार, चैत १७, २०८२ | समाज

सम्बन्धित खबर