
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिँदा कुनै पनि प्रकारको विभेद नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
बीमित सेवाग्राहीप्रति असमान व्यवहार भएको गुनासो आएपछि बोर्डले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनअनुसार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो । बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा कुनै पनि संस्थाले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने हुने बोर्डले चेतावनी पनि दिएको छ ।


