२०८२ चैत ११ बुधवार , ०४:११:०४ बजे

Sajhamanch
'

मेची उद्योग वाणिज्य संघको चुनाव २६ बैशाखमा

बुधवार, चैत ११, २०८२

मेचीनगर । मेची उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि आगामी बैशाख अन्तिम हप्तामा चुनाव हुने भएको छ ।

मेची उद्योग वाणिज्य संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी बैशाख २६ गते चुनाव गर्ने निर्णय गरेको हो ।

संघका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार आगामी बैशाख १९ गते साधारण सभा र २६ गते निर्वाचन गर्ने तय गरिएको हो ।

साधारण सभा र चुनाव धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान (टाउन हल)मा हुने छ ।

संघको सदस्यता नविकरण म्याद पनि बढाएको छ । यसअघि नविकरणको समय बैशाख ७ गतेलाई थियो । बैशाख ११ गते सम्मलाई म्याद थप गरिएको उनको भनाई छ ।

चुनावमा उम्मेदवार बन्न वा भोट हाल्न सदस्यता नविकरण अनिवार्य गरेको हुनुपर्ने छ । ३ वर्षे कार्यकालका लागि १६ जनाको नयाँ कार्यसमिति बन्ने छ ।

जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष (उद्योग, वाणिज्य र महिला), महासचिव र १० जना सदस्य गरी जम्मा १६ जनाको कार्यसमिति रहने छ ।

सम्बन्धित खबर