२०८२ चैत ११ बुधवार , ०९:५०:५० बजे

Sajhamanch
'

पीएम कपमा कर्णाली र कोशी तथा मधेश र सुदूरपश्चिम भिड्दै

बुधवार, चैत ११, २०८२

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) क्रिकेटमा आज दुई खेल हुदैछन्।

आज कर्णाली प्रदेश र कोशी प्रदेश बीच जनकपुरमा खेल हुदैछ भने मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश पर्सामा खेल्दैछन्।एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने छ।प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन्।एकदिवसीय फर्म्याटमा हुने कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

सम्बन्धित खबर