२०८२ चैत १० मङ्गलवार , ०१:०४:३१ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घट्यो

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।

भाउ घटेर आज सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ लगातार ६ कारोबार दिन घटेको हो । गएको मङ्गलवार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।

सुन घटे पनि आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर चार हजार ५०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

मङ्गलवार, चैत १०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर