२०८२ चैत ९ सोमवार , ०९:५७:५४ बजे

Sajhamanch
'

सामाजिक अभियन्ता सिवाकोटीको जन्मोत्सवमा ६७ वटा विरुवा रोपियो

सोमवार, चैत ९, २०८२

बिर्तामोड । झापाको गरामनी निवासी निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले आज आफ्नो जन्मदिन सडकको डिभाइडरमा शोप्लान्टका विरुवा रोपेर मनाउनु भएको छ ।

सिवाकोटीको अगुवाई र व्यवस्थापनमा बिर्तामोड–भद्रपुर सडकको गरामनी खण्डमा रहेको डिभाइडरमा ६७ वटा शोप्लान्टका विरुवा रोपिएको हो ।

झापाका विभिन्न जेसीजहरुका पूर्वअध्यक्षहरुको क्लवले जिल्लाको उत्कृष्ट नागरिकका रुपमा सम्मानित भइसकेका सिवाकोटीको आज चैत ९ गते ६७औं जन्मोत्सव हो ।

प्रसिद्ध शक्तिपीठ गरामनीको दुर्गामन्दिर पूर्वतर्फ गत फागुन २७ गते नागरिक भेटघाट चौतारी सञ्चालनमा ल्याएका सिवाकोटी समाजको हितमा हुने अनेकन कार्यहरुमा निरन्तर लागिरहनु भएको छ ।

उहाँको जन्मोत्सवमा विरुवा रोप्न राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका अगुवासहित स्थानीयको सहभागिता थियो ।

सम्बन्धित खबर