२०८२ चैत ९ सोमवार , १२:०६:०२ बजे

Sajhamanch
'

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

सोमवार, चैत ९, २०८२

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैरआवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।

विश्वका विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवर्द्धन गर्न यो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले विमानस्थल कार्यालयलाई अलग्गै डेस्कको व्यवस्थापन गर्न पत्राचार गरेको छ ।

सोमवार, चैत ९, २०८२ | समाज

सम्बन्धित खबर