२०८२ चैत ९ सोमवार , १०:५३:४७ बजे

Sajhamanch
'

पीएम कप क्रिकेट-आज जनकपुर र वीरगञ्जमा खेल

सोमवार, चैत ९, २०८२

काठमाडौं ।  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्।

आज जनकपुरमा बिहान साढे ९ बजे सुरु हुने खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुवै टोलीले समान १–१ खेलबाट १–१ अंक जोडेका छन्। उद्घाटन खेल वर्षाले रोकिँदा शनिबार कोशी प्रदेशले मधेशसँग अंक बाँडेको थियो भने सोही दिन कर्णालीसँगको खेल पनि प्रभावित हुँदा लुम्बिनीले पनि एक अंक जोडेको थियो।

आजै बिहान साढे ९ बजे नै वीरगंज रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि हिजो भएका खेलमा त्रिभुवन आर्मीले पुलिस क्लबलाई २२ रनले पराजित गर्दा एपीएफले बागमती प्रदेशविरुद्ध ७१ रनको फराकिलो जित हासिल गरेको थियो।

सम्बन्धित खबर