२०८२ चैत ८ आइतवार , १०:०५:३९ बजे

Sajhamanch
'

बिर्तामोडमा सहकारी समन्वय समिति गठन

आइतवार, चैत ८, २०८२

बिर्तामोड । सञ्चारकर्मी एवम् सहकारी अभियन्ता सुब्रत न्यौपाने पालिका सहकारी समन्वय समिति बिर्तामोडको संयोजकमा चयन हुनु भएको छ ।

बिर्तामोड नगरपालिकाको सभाहलमा आज सम्पन्न भेलाले शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।

झापा जिल्ला सहकारी संघ अन्तर्गत हरेक पालिकामा सहकारी समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिको सहसंयोजकमा तुलकुमारी राजवंशी, सचिवमा किशोर भट्टराई चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा युवराज पाण्डे, हरिकुमार घिमिरे, हेमराज खनाल, उस्पिता अधिकारी, भीमकुमारी लिङ्देन र पदमसुन्दर कन्दङवा रहनु भएको छ ।

बिर्तामोड नगर इन्चार्ज युवराज गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा नवगठित समितिलाई जिल्ला संघका सहसचिव एवम् हालसम्मका संयोजक टसबहादुर प्रधानले माइन्युट हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला संघका अध्यक्ष प्रेमकुमार कोइराला लगायतले समसामयिक विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।

सम्बन्धित खबर