२०८२ चैत ८ आइतवार , १२:२०:१३ बजे

Sajhamanch
'

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

आइतवार, चैत ८, २०८२

धनगढी । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए । उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कार र चालक भारतको रुद्रपुर बस्ने ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

आइतवार, चैत ८, २०८२ | समाज

सम्बन्धित खबर