२०८२ चैत ८ आइतवार , १०:२८:०८ बजे

Sajhamanch
'

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

आइतवार, चैत ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको छ ।शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, चैत ६ गते २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको थियो । शुक्रबारको बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् । आजको बैठकले औपचारिक निर्णय लिने उनले बताए ।