२०८२ चैत ७ शनिवार , ०६:४६:०१ बजे

Sajhamanch
'

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन

शनिवार, चैत ७, २०८२

काठमाडौँ ।  सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो।

उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सम्बन्धित खबर