
काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो । सुनको भाउ तीन दिनयता घटिरहेको छ । अस्ति बुधवार तोलाको ३ लाख ७ हजार ७०० रहेको सुनको भाउ हिजो ५ हजार ४०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ रहेको थियो ।


