२०८२ चैत ६ शुक्रवार , ०९:०३:५९ बजे

Sajhamanch
'

नगरकोट घुमघाममा सन्नी लियोनी र पति डेनियल वेभर

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपालमा छिन् । दुई महिनाअघि एक क्यासिनो उद्घाटनमा आएकी उनी अहिले पतिसहित घुम्न आएकी हुन् ।बुधबार दिउँसो उनी पति डेनियल वेभरसहित नगरकोटको भ्यू टावर पुगिन् र त्यहाँबाट उपत्यकाको दृश्यावलोकन गरिन् । उनीहरूले त्यहाँबाट देखिने हिमश्रृंखलाको पनि अवलोकन गरे ।

सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत नगरकोट र त्यहाँ वरपर घुमेका आकर्षक तस्वीर र भिडियो सेयर गरेका छन् । हिमालय र नेपालको प्राकृतिक सौन्दर्यले आफूहरूको मन जितेको डेनियलले एक्स ९ट्वीटर०मा उल्लेख गरेका छन् ।

‘विशेष क्षण र स्पष्टता भेटेकी छु’ डेनियलसँगको फोटो सेयर गर्दै सन्नी लेख्छिन् । अर्को पोस्टमा उनले नगरकोटबाट देखिने दृश्य सेयर गर्दै लेखेकी छन्, ‘योभन्दा धेरै सौन्दर्य अन्त भेटेको छैन ।’लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका छन् । लियोनीको त यो झन्डै सातौं र आठौंपटकको नेपाल घुमघाम हो । उनी पहिलोपटक ब्रान्ड इन्डोर्समेन्ट, त्यसपछि केही क्यासिनो उद्घाटन, फिल्म प्रिमियर लगायतका अवसरमा काठमाडौं आएकी छन् ।

उनले यसअघि परिवारसहित नेपाल घुम्न आउने बताउने गरेकी थिइन् । लियोनी अहिले एमटीभी स्पिल्ट्सभिल्लामा ब्यस्त छिन् भने उनको पछिल्लो फिल्म ‘केनेडी’ हालै प्रदर्शनमा आएको थियो ।डेनियल अमेरिकी संगीतकर्मी, अभिनेता, उद्यमी हुन् । सन् २०११ मा विवाह गरेको यो जोडीलाई बलिउडको पावरफुल कपलमध्ये मानिन्छ । उनी सांगीतिक समूह ‘द डिस्प्यारोज’का गिटारिस्ट र रक आर्टिस्ट हुन् । उनले सन् २०२५ मा प्रमुख भारतीय सहरमा ‘बिलिभ इन्डिया टूर’ गरेका थिए ।

उनले ज्याकपट, एक पहेली लीला, बेइमान लभ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।

सम्बन्धित खबर