२०८२ चैत ४ बुधवार , ०४:४६:५४ बजे

Sajhamanch
'

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता

बुधवार, चैत ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो।