
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदी आज तोलामा ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३३५ रुपैयाँ रहेको थियो ।


