२०८२ चैत ४ बुधवार , १०:१३:४५ बजे

Sajhamanch
'

ग्यास सिलिन्डरमाथि बसेको फोटो सेयर गर्दै प्रियंका : चाहियो भने सम्पर्क गर्नुहोला

बुधवार, चैत ४, २०८२

काठमाडौं । कसरी चर्चामा आउनुपर्छ भन्ने कुरा प्रियंका कार्कीलाई राम्रोसँग थाहा छ । उनी अभिनेत्री तथ मोडल मात्र होइनन्, सोसल मिडियाकी चर्चित ‘कन्टेन्ट क्रिएटर’ पनि हुन् ।

उनी सोसल मिडियामा दैनिक फोटोहरू पोस्ट गरिरहेकी हुन्छिन् । घुमघाम, मोडलिङ, परिवार र अन्य कामका फोटो उनी हालिरहेकी हुन्छिन् । कहिलेकाहिँ अजीव लाग्ने फोटो पनि उनको टाइमलाइनमा देख्न सकिन्छ ।कसरी मानिसको ध्यान तान्ने यो काइदा उनलाई राम्रोसँग थाहा छ । प्रतिनिधिसभा चुनावको बेलामा त उनले मतगणनादेखि उम्मेदवारको अपडेट समेत फेसबुकबाट गरिरहेकी थिइन् ।अहिले मुलुकमा ग्यासको संकट चर्किएको छ । यो परिस्थितीमा उनले फेसबुकमा ग्यासै ग्यासमाथि बसेर फोटो खिचाएकी छन् । उनले उक्त फोटो सेयर गर्दै अहिलेको परिस्थितीप्रति व्यंग्य गरेकी छन् ।जिस्किँदै प्रियंकाले लेखेकी छन्, ‘ग्यासको अहिले एकदम डिमान्ड छ अरे नेपालमा । सजिलै पाइँदैन अरे, अब चाहियो भने सम्पर्क गर्नुहोला ।’ हल्का रमाइलो र नेपालको वर्तमान परिस्थितीलाई ह्यासट्याग गरेकी छन् ।

उनको यो फोटोमा ८ हजारभन्दा धेरै लाइक छ । ६३५ भन्दा धेरै कमेन्ट र १० भन्दा धेरै सेयर छ । मनिटाइज भएको खण्डमा कन्टेन्ट क्रिएटरको हिसाबले प्रियंकाको लागि यो लाभदायक पोस्ट समेत हो । उनले एकपछि अर्को गरिरहने पोस्टले त्यस्तै संकेत गर्छन् ।

सम्बन्धित खबर