
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नु भएको हो ।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।


