
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ ।
हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ । यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।


