२०८२ चैत ३ मङ्गलवार , १०:४३:५९ बजे

Sajhamanch
'

कोशी, बागमती र गण्डकीमा चट्याङसहित आज पनि पानी पर्ने

मङ्गलवार, चैत ३, २०८२

काठमाण्डौ । आज पनि दिउँसो र बेलुकीपख देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो । हुरीबतासले केही ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढलेका छन् भने असिनापानीले तरकारीबालीमा क्षति पुगेको छ ।

अहिलेको सिजनमा बिहानपख मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

मङ्गलवार, चैत ३, २०८२ | Weather, समाज

सम्बन्धित खबर