२०८२ चैत २ सोमवार , ०२:१७:०२ बजे

Sajhamanch
'

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सोमवार, चैत २, २०८२

काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सोमवार, चैत २, २०८२ | समाज

सम्बन्धित खबर