२०८२ चैत १ आइतवार , १२:०२:४२ बजे

Sajhamanch
'

तुइन खोला नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान

आइतवार, चैत १, २०८२

चितवन । मुग्लिन–नारायणगढको तुइन खोला पुल नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान भएको छ ।

यो खण्डको सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि स्पष्ट देख्न सक्ने गरी दुई वटा फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक खण्डमा गाडी चलाउँदा ओभरटेक नगरी संयमित भई सुरक्षित यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको छ । यो सडकमा पानी परेको समयमा सडकमाथिबाट ढुङ्गा र पहिरो खस्दा पटक–पटक बाटो अवरुद्ध हुँदै आएको छ ।

आइतवार, चैत १, २०८२ | समाज

सम्बन्धित खबर