
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दिवङ्गत ओलीप्रति श्रद्धाञ्जली दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


