
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा हिजो भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।
यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको छ भने १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत् छ । एपीएफको जितमा सबिन गुरुङले गोल गरे । उनले
खेलको ७६औँ मिनेटमा गोल गरे ।
राष्ट्रिय लिगमा हिजै भएका खेलमा चर्च ब्वाइजले काँक्रेबिहार क्लबलाई २–१ गोलले हराउँदा सङ्कटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले हरायो ।


