
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ का निर्वाचित सदस्य एङ्गल गुरुङ्गको मृत्यु भएको छ ।
हृदयघात भई उपचारार्थ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएका ४४ वर्षीय गुरुङ्गको उपचारकै क्रममा आज अपरान्ह ३ बजे मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार करिब एक महिना अघि हृदयघात भई उपचार पछि सामान्य अवस्थामा रहेका गुरुङलाई गएराति पुनः हर्टएट्याक भएको थियो ।
तत्कालै अस्पताल लगिएको र उपचारकै क्रममा रहेका गुरुङ्गको मृत्यु भएको उनका काका चक्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
स्वर्गीय गुरुङ्गका श्रीमती र १ छोरी छन् ।


