२०८२ फागुन २८ बिहिवार , १२:४३:३९ बजे

Sajhamanch
'

सुनको भाउ २ हजार रुपैयाँले घट्यो

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा अस्ति ३ हजार ८०० र हिजो २ हजार रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।

बिहिवार, फागुन २८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर