
झापा । नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकले २ जना जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईले आज एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जानकारी दिनुभएको हो ।
पार्टीका जिल्ला सदस्यहरु ठमनाथ नेपाल (झापा गाउँपालिका) र मुना भट्टराई (बुद्धशान्ति गाउँपालिका) तथा क्षेत्रीय प्रतिनिधिहरु शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई) र दिपिन्द्र थापा (गौरीगञ्ज)लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा जिल्ला सदस्यहरुसहित क्षेत्रीय प्रतिनिधिहरुले केही समय अघिदेखि पार्टीहित विपरित गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले उठाएका उम्मेद्वारका विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेद्वारको पक्षमा प्रचारप्रसार गरेको पाइएपछि निष्काशनको कारबाही गरिएको जनाइएको छ ।


