२०८२ फागुन २७ बुधवार , १२:४२:४४ बजे

Sajhamanch
'

सुनको भाउ २ हजार रुपैयाँले बढ्यो

बुधवार, फागुन २७, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार, फागुन २७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर