२०८२ फागुन २६ मङ्गलवार , १२:१८:०० बजे

Sajhamanch
'

राष्ट्रिय लिग : पुलिसलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले हरायो ।

आर्मीका निराजन धामीले २ तथा पेम्बो दोर्जे लामा र किरण सुनारले १/१ गोल गरे । पुलिसका दशरथ गिरीले गोल गरे । यो जीतसँगै आर्मी ९ खेलमा २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिस ९ खेलमा ८ अङ्कसहित १२औँ स्थानमा छ ।

राष्ट्रिय लिगमा हिजै भएका खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराउँदा नेपाल एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेड बीच १–१ गोलको बराबरी भएको छ ।

मङ्गलवार, फागुन २६, २०८२ | खेलकुद

सम्बन्धित खबर