२०८२ फागुन २५ सोमवार , ११:०१:२३ बजे

Sajhamanch
'

इलाम १ मा कांग्रेसका राई श्रम संस्कृतिका लिम्बुभन्दा १९८ मतले अघि

सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका निश्कल राईले १९८ मतको अग्रता लिनुभएको छ । राईले अहिलेसम्म १० हजार ८४९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी श्रम संस्कृतिका विनोद नेम्वाङ लिम्बुले १० हजार ६५१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका काजीमान कागते ९ हजार ९९८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदाल ६ हजार ७५८ मतसहित चौथो र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रनबहादुर राई ५ हजार २४५ मतसहित पाँचौँ स्थानमा हुनुहुन्छ ।

सम्बन्धित खबर