२०८२ फागुन २४ आइतवार , ०४:०३:४६ बजे

Sajhamanch
'

सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा सप्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव विजयी हुनुभएको छ ।

यादव १४ हजार १४१ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादवले २८ हजार ४०४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत ९ हजार ८८० मतसहित तेस्रो, स्वाभिमान पार्टीका सतिशकुमार सिंह ३ हजार ५५७ मतसहित चौथो, नेपाली कांग्रेसका रामकुमार यादव २ हजार ४९८ मतसहित पाँचौँ स्थानमा हुनुहुन्छ ।

सम्बन्धित खबर