
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ ।
भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको थियो ।
घरेलु टोली भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो । गएको माघ २४ गते अर्थात् फेब्रुअरी ७ तारिखदेखि भारत र श्रीलंकामा शुरु भएको प्रतियोगितामा २० टोली सहभागी थिए । नेपाल यो टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको थियो ।


