२०८२ फागुन २२ शुक्रवार , ११:४५:०३ बजे

Sajhamanch
'

जनताले जे निर्णय गर्छन स्वीकार्य छ: संयोजक शाही

शुक्रवार, फागुन २२, २०८२

काठमाडौं । जनताको फैसला स्वीकार्नुको विकल्प नभएको नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताएका छन्।

प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइरहेको सन्दर्भमा प्रारम्भिक प्रतिक्रिया दिँदै एमालेका विभागीय संयोजक शाहीले निर्वाचनको परिणामलाई स्वीकारेर अघि बढ्नु नै उचित हुने बताएका हुन्।

“अहिले सबै फैसला आइसकेको छैन। जनताको अभिमतबाट प्रकट हुने निर्णय जे हुन्छ, त्यो निर्णय स्वीकार्नु पर्छ। सबै नेतृत्वले स्वीकार्नु पर्छ। हामीसँग स्वीकारेर जानुको विकल्प हुँदैन” उनले भनेका छन् ।

शाहीका अनुसार जनताको अभिमत लोकतन्त्रको मुख्य आधार भएकाले त्यसलाई सम्मान गर्दै राजनीतिक दलहरूले आगामी दिनमा संगठन सुदृढीकरण र राजनीतिक मूल्य–मान्यता स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ।

उनले निर्वाचनको अन्तिम परिणाम आएपछि पार्टीले समीक्षा गर्दै भावी रणनीति तय गर्ने जनाएका छन्।

सम्बन्धित खबर