
काठमाडौं । होलीको दिन आज सुनको भाउ बढेको छ । सुन आज तोलामा एकैदिन ५ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २० हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ९८५ रुपैयाँ थियो ।


