२०८२ फागुन १७ आइतवार , ०१:४६:३७ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो, तोलाको ३ लाख २० हजार नाघ्यो

आइतवार, फागुन १७, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ रहको थियो । हिजो मध्यपूर्वका देशमा तनाव बढेसँगै त्यसको प्रभाव सुनचाँदीको भाउमा परेको हुन सक्ने व्यवसायीको अनुमान छ ।

आज चाँदीको भाउ तोलामा २४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ७४० रुपैयाँ रहेको थियो ।

आइतवार, फागुन १७, २०८२ | अर्थतन्त्र, समाज