२०८२ फागुन १६ शनिवार , १०:३६:५६ बजे

Sajhamanch
'

पूर्वप्रधानमन्त्री ओली समक्ष कर प्रणाली सुधार गरिदिन माग

शनिवार, फागुन १६, २०८२

दमक । झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् ।

आज शनिबार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयबासी तथा व्यवसायीहरुलाई कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाई एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरेका हुन् ।

एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नविकरण तथा कर भुक्तानीका लागि अनेकौ कार्यालय धाउँदा स्वदेशमानै उद्यमी बन्न निरुत्साही हुनु परेको उनीहरुको भनाई छ ।

झापा क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजंघा टोलका मतदाताहरुसँग समेत भेटघाट गर्नु भएको छ । उहाँ हाल आफ्‌नै निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटमा सक्रिय रहनु भएको छ ।

सम्बन्धित खबर