२०८२ फागुन १६ शनिवार , १०:३५:३४ बजे

Sajhamanch
'

‘कुनै दलसँग गठबन्धन गरेको छैन’ : एमाले

शनिवार, फागुन १६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट पारेको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिनु भएको हो ।

आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएकोले अरुदलसँग गठबन्धन नगरी एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवार कायम राखेको प्रष्ट पार्नुभएको हो ।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।”

सम्बन्धित खबर