
मुस्ताङ । प्रतिनिधिसभा चुनावका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ पन्छ्याउन शुरु गरिएको छ ।
हिमपातका कारण गएको कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध सडकमा गाडी सञ्चालनका लागि हिउँ पन्छ्याउन शुरू गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । साङ्ता गाउँमा ३९ जना मतदाता रहेका छन् ।


