
काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ १ हजार ३०० ले बढेर तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो हप्ता अस्ति आइतवार एकैदिन ५ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ ३ हजार २०० ले बढेर तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको ५ हजार ५८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ १७० रुपैयाँले बढेर तोलाको ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।


