२०८२ फागुन १० आइतवार , १२:५४:३९ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो

आइतवार, फागुन १०, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनको भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ रहेको थियो ।

आइतवार, फागुन १०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर