
काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १ हजार ६०० जनशक्ति जिल्ला खटाएको छ ।
शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १ हजार ६०० जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो ।
२१ फागुनमा हुने प्रतिनिधि सभा लक्षित सुरक्षाका लागि उपत्यकामा रहेका जनशक्तिहरूलाई बाहिरी जिल्लाहरूमा सबै सुरक्षा निकायले परिचालन गर्न सुरु गरेका छन् ।


