२०८२ फागुन ६ बुधवार , ०१:०७:०३ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घट्यो

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ ।

हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधवार, फागुन ६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर