२०८२ फागुन ६ बुधवार , १२:०८:२१ बजे

Sajhamanch
'

बिर्तामोडको सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु

बुधवार, फागुन ६, २०८२

झापा । बिर्तामोडको एक सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु भएको छ । अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी शिवसताक्षी –१० माईधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु भएको हो ।

हिजो बिहान ९ः१५ बजे अचानक पेट दुखेर उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लिम्बूलाई अल्कोहिक भई फागुन ३ गतेदेखि त्यहाँ राखिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ । हिजो साँझ कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

सम्बन्धित खबर