२०८२ फागुन ५ मङ्गलवार , ०४:१३:३० बजे

Sajhamanch
'

बेलायत पठाउने भन्दै ५० लाख ठगी, एक युवती पक्राउ

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोप प्रहरीको छ ।

पक्राउ परेकी उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

मङ्गलवार, फागुन ५, २०८२ | अपराध, समाज

सम्बन्धित खबर