२०८२ फागुन ५ मङ्गलवार , १२:०९:१३ बजे

Sajhamanch
'

झापाको कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

मङ्गलवार, फागुन ५, २०८२

झापा । झापाको कनकाई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको अरिदमन गणबाट आएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनका चालक तथा यात्रुहरूले पुलको नजिकै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलको प्रवेशद्वारमै शंकास्पद वस्तु फेला परेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सो क्षेत्रमा सवारी साधनको आवतजावत रोक लगाएको थियो । जसका कारण पुलको पूर्व–पश्चिमतर्फ सवारी साधन जाम भएको थियो ।

शंकास्पद वस्तु कसले र किन राखेको भन्ने विषयमा केही खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर