२०८२ फागुन ३ आइतवार , ११:०६:५८ बजे

Sajhamanch
'

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

आइतवार, फागुन ३, २०८२

काठमाडौं । आज राति १२ बजेपछि लागू हुने गरी अर्थात फेब्रुअरी १६ तारिकदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी गराएको हो ।

निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धि भएसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा १५५ रुपैयाँ र चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५३ रुपैयाँ ५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

सम्बन्धित खबर