
काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ बढेको छ । सुन आज तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँ रहेकोमा आज बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ घटेको छ । अस्ति शुक्रवार तोलाको ५ हजार रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलाको ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


