२०८२ फागुन १ शुक्रवार , १०:०६:५१ बजे

Sajhamanch
'

जन्मदिवसमा निराैलाले गरे पत्रकार उपचार सहयाेग काेषमा याेगदान

शुक्रवार, फागुन १, २०८२

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सहसचिव रामप्रसाद निरौलाले पत्रकार उपचार सहयोग कोषलाई ११ हजार रुपैयाँ सहयोग गरेका छन् । आज चौतारीको बिर्तामोडस्थित कार्यालयमा निरौलाले कोषलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा पत्रकार निरौलाले प्रेस चौतारी झापाद्वारा स्थापित पत्रकार उपचार सहयाेग कोषलाई रकम उपलब्ध गराएका हुन् । उनले स्वर्गीय आमा हेमकला निरौलाको स्मृतिमा उपचार कोषलाई सहयोग गरेको जानकारी दिए ।

हरेक वर्ष जन्मोत्सवकलाई विशेष बनाउदै आएका पत्रकार निरौलाले उपचार कोषको संयोजक भीमा शिवाकोटी, चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै कोष वृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्ले, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जन्मदिनको शुभकामना दिदैं कोषमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनाली, सदस्य अस्मिता साँखीको उपस्थिति रहेको थियो ।
कोषलाई वर्तमान कार्यसमितिले १५ लाख पुराउने लक्ष्य राखेको कोषको संयोजक शिवाकोछीले जानकारी दिइन् । कोषमा ८ लाख रुपैयाँ सहयोग जुटिसकेको छ ।

सम्बन्धित खबर