२०८२ माघ २९ बिहिवार , १०:५२:२९ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकपको दोस्रो साधारणसभा सम्पन्न

बिहिवार, माघ २९, २०८२

भद्रपुर । भद्रपुर झापा गोल्डकपको दोस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

भद्रपुर ८ स्थित मेची रंगशालाको कभर्डहलमा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका थिए ।

गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको साधारण सभामा अध्यक्ष ढकालले स्वागतसहित अध्यक्षीय मन्तव्य राखेका थिए । साधारण सभामा सचिव तीर्थराज ढकालले संस्थागत र सह कोषाध्यक्ष अजय साहेवालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष ढकालले भद्रपुर झापा गोल्डकपले भद्रपुर झापा गोल्डकपको दुईवटा संस्करण भव्य र सफल रुपमा आयोजना गर्नुका साथै झापामा पहिलो पटक अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको बताउँदै आगामी फागुन पहिलो सातादेखि सञ्चालन हुने तेस्रो भद्रपुर झाप गोल्डकपको तयारी पनि सुरु गरिसकिएको जानकारी दिए ।

भद्रपुर झापा गोल्डकपको स्थापना भएपछि गोल्डकपकै पहल र प्रयासमा मेची रंगशालामा थुप्रै संरचना थपिएको, मैदानको स्तरोन्नति भएको उल्लेख गर्दै अध्यक्ष ढकालले गोल्डकपले ग्रासरुट र महिला फुटबल प्रशिक्षणलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।

भद्रपुर नगर उपप्रमुख राधा कार्कीसहितको उपस्थितिमा भएको साधारण सभामा शुभकामना मन्तव्य राख्दै नगरप्रमुख पोखरेलले नगरपालिकाले भद्रपुर झापा गोल्डकपको संरक्षकत्व गरिरहेकोले यसले आयोजना गर्ने सबै गतिविधिमा नगरपालिकाको उल्लेख्य साथ–सहयोग रहने प्रतिवद्धता पनि जनाए ।

यसैगरी, शुभकामना मन्तव्य राख्दै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’–ले जीर्ण अवस्थामा रहेको मेची रंगशालालाई अहिलेको अवस्थामा ल्याउन भद्रपुर झापा गोल्डकपले गरेको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

उनले गोल्डकपका सबै कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिको सक्रिय सहयोग रहने पनि प्रतिबद्धता जनाए ।

साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गरेको महासचिव श्रेष्ठले जानकारी दिए ।