२०८२ माघ २९ बिहिवार , १२:१५:१७ बजे

Sajhamanch
'

चितवनमा स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु, ४ जना घाइते

बिहिवार, माघ २९, २०८२

चितवन । गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको थियो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिहिवार, माघ २९, २०८२ | समाज